भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुखको घरमा चोरी भएको छ । सूर्यविनायक, सिपाडोलस्थित उपप्रमुख रजनी जोशीको घरबाट करिब रु १५ लाख ९८ हजार ७ सय ५० बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
यससँगै मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।