23 Sep 2023, 6:07 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपालमा रोहिंज्याको अवैध प्रवेश, बेखबर गृह मन्त्रालय

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति कमजोर भएको कारण म्यान्माबाट विस्थापित १० जना रोहिंज्या नेपाल प्रवेश गरेको छ ।
सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण रोहिंज्याहरु नेपाल प्रवेश गरेका हुन् । केपी ओली नेतृत्वको सरकार गठन भएपछि रोहिंज्याहरू नेपाल नछिरेको गृह मन्त्रालयले दाबी गर्दै आएको थियो भने भदौ दोस्रो साता १० जना रोहिंज्या अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेको पाइएको छ ।
रोहिंज्याहरू नेपाल प्रवेश नगरेको र शिविरमा रहेका रोहिंज्याहरु पुराना रहेका मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए । नेपाली भाषा बोल्न नजान्ने रोहिंज्याहरु मानव तस्करले काठमाडांैसम्म ल्याएको हुन सक्ने प्रहरी आशंका गरेको छ ।
रोहिंज्याहरुको दैनिक गतिविधिमाथि न अध्यागमनले न प्रहरी प्रशासनले नै निगरानी गरेको छ । रोहिंज्याहरू उपत्यकालगायत काभ्रे, गोरखा, नेपालगन्ज लगायत विभिन्न स्थानमा समेत काम गर्न पुगिसकेका छन् । रोहिंज्याहरूको अवैध प्रवेश हुँदा समेत गृह मन्त्रालय बेखबर हुँदा राष्ट्रिय सुरक्षामा सरकार कति गम्भीर छ भन्ने प्रश्न उठेको छ ।

अज्ञात समूहद्वारा मोहम्मतको गोली हानी हत्या

सुनसरीको दुहबीमा अज्ञात समूहले ५४ वर्षीय मोहम्मद फिदा हुसेनको गोली हानी हत्या गरेको छ ।
दुहबी नगरपालिका–९ घर भएका हुसेन स्थानीय जय बाबा ईँटा उद्योगका कर्मचारी हुन् । हुसेनलाई पछाडीबाट मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गोली लागि घाइते भएका हुसेनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
अज्ञात समूहले हुसेनलाई गोली हानी मोटरसाइकलमा सवार दुवै जना दक्षिणतर्फ भागेको स्थानीयले बताए । घटना भए लगतै अनुसन्धान सुरु गरेपनि घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हुसेनको हत्या विरोधमा स्थानीयबासीले हत्यारा पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै दुहबी बजार सडकमा टायर बालेर आन्दोलन सुरु गरेको छ । यसअघि पनि सुनसरीकै खुर्सिद आलमको यसैगरी गोली हानी हत्या गरिएको थियो । यस घटनाको अनुसन्धान भएपनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: