20 Sep 2020, 7:38 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

भारतीय कम्पनीले बेचे नेपालको जलविद्युत्

काठमाडौं । भारतीय कम्पनी जीएमआरले नेपालको खोला चिनियाँ कम्पनीलाई बेचेको छ । माथिल्लो मस्र्याङ्दि–२ जलविद्युत् तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । उक्त जलविद्युत् ६ सय मेगावाटको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।
यस कार्यमा नेपाल सरकारको आंशिक लगानी भएको बुटबल पावर कम्पनी (बीपीसी) ले मिलाएको हो । लाइसेन्स बेचेपश्चातको रकम भारत लैजान तयारी भइरहेको छ । उक्त रकम लैजान राष्ट्र बैंकले स्वीकृति दिन लागेको बताएको छ । लगानी बोर्डबाट स्वीकृत भई आएकाले राष्ट्र बैंकले पनि स्वीकृति दिने अन्तिम प्रक्रियामा रहेको राष्ट्र बैंकको विदेशी विनिमिय व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

जीएमआरले बेचेको आयोजनाको लागत ८६ अर्ब रुपैयाँ रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । नेपालको खोला बेच्ने जीएमआरलाई २०६२÷६३ को जनआन्दोलनपछि गठित सरकारले माथिल्लो कर्णाली खुला प्रतिस्पर्धामार्पmत दिएको थियो । तर अहिलेसम्म पनि लगानी जुटाउन सकेको छैन । यसको लागि पुनः म्याद थपका लागि बोर्डमा निवेदन दिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: