काठमाडौं । पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी रहेका छन् । उक्त हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ ।
घटनाको दुई दिनपछि बलूचिस्तान प्रान्तका गृहमन्त्री सलीम खोसाले घटनामा भारत जिम्मेवार रहेको सञ्चारकर्मीलाई बताएका छन् । खोसाका अनुसार दूतावासमा भएको हमलाका मुख्य योजनाकार असलम अच्छु भारतमा बसिरहेको दाबी गरेका छन् । हमलामा सी–४ प्लास्टिक विस्फोटक पदार्थको प्रयोग गरिएको थियो, जुन पाकिस्तानमा नपाउने पाकिस्तानको आतंकवाद निरोधी संगठनका प्रमुख राजा उमर खत्ताबले बताए ।
घटनाको जिम्मेवारी पृथकतावादी संगठन बलूचिस्तान लिब्रेशन आर्मीले लिइसकेको र चरमपन्थी संगठन तहरिक–ए–लब्बैक या रसूलअल्लाहका प्रमुख खालिद रिजवीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको सञ्चार स्रोतले जनाएको छ ।