नेपालको भूमि अतिक्रमण गर्दै भारत, नेपालकै भूमिमा नेपालीलाई नै आवतजावत बन्द

काठमाडौं । भारतले नेपालको भूमि अतिक्रमण गरि नेपालीहरुलाई नै नेपालको भूमिमा आवतजावत गर्न बन्द गरेको छ ।
भारतले आवतजावत बन्द गरेपछि २५ महिलासहित ६० जना सुस्तावासी राजधानीमा आएर थापाथलीस्थित कालमोचन घाटमा समस्या समाधान गर्न माग गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्रीसँग भेट गरी समस्या समाधान नभएसम्म नफर्कने अडान लिएका छन् ।
भारतले सुस्तावासी आवतजावत गर्ने सडक र नेपाल–भारत सीमामा खाडल खनेर सडक अवरुद्ध गरेको छ । यसरी अवरुद्ध गरिदिएपछि सुस्ताका विद्यार्थीलाई विद्यालय जान कठिनाइसर्वसाधारणलाई नियमित हाटबजार गर्न समस्या भएको छ । भारतलाई बाटो खोल्न आग्रह गर्दा एसएसबीले नमानेको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । नेपाली लालपुर्जा भएको जग्गामा समेत एसएसबीले सडक निर्माण गर्न थालेपछि नेपालीले विरोध गर्दा एसएसबीले नेपाली हिँड्ने बाटो अवरुद्ध गरेको पाण्डेले बताए ।
सुस्तावासीको आवतजावत सहज बनाउन २०७२ चैतमा निर्माण सुरु भएको झोलुंगे पुल जेभी कन्स्ट्रक्सन भारतीय दबाबमा काम थालेर अहिले सम्पर्कविहिन भएको छ । सुस्ताको ४० हजार ९ सय ८० हेक्टर जग्गामध्ये १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरी बाँकी रहेको १९ हजार ४ सय ८० हेक्टरमा पनि भारतले जोतभोग गर्न रोक्दै आएको छ । यस विरुद्ध सुस्तावासीहरु संघर्षमा उत्रेका एक दर्जनले ज्यान गुमाइसकेका छन् । यस विषयमा सम्बन्धित निकाय, सरकारको ध्यान जानु जरुरी छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »