26 Oct 2020, 10:44 AM (GMT)

Coronavirus Stats Nepal

159,830 Total Cases
862 Death Cases
115,675 Recovered Cases

भ्याट फिर्ता लिन मल्होत्राको ठूलो चलखेल, आफन्तको नाममा थप तीन कम्पनी दर्ता

काठमाडौं । नेपालका लागि सामसुङ मोबाइलको आधिकारीक बिक्रेता कम्पनीका मालिक दीपककुमार मल्होत्राले आफन्तको नाममा दर्ता भएका थप तीन कम्पनीमार्फत मोबाइल आयात गरेर निर्यात गरेको खुलासा भएको छ ।
मल्होत्राले आइएमएस वल्र्डसहित इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालिमार्फत मोबाइल आयात र हिमालयन इलेक्ट्रोनिक्स प्रालिमार्फत निर्यात गरी यी दुवै कम्पनी मल्होत्राले शतप्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने उद्देश्यले खडा गरेको ठूला करदाता कार्यालयले जनाएको छ । यसरी आयात गरेको मोबाइल शतप्रतिशत भ्याट रकम फिर्ता लिने उद्देश्यले पुनः निर्यात गर्ने गरेको खुलासा भएको हो ।

ऐन अनुसार कुनै पनि सामान आयात गरी निर्यात गर्दा भ्याट फिर्ताका लागि तेस्रो कम्पनी हुनुपर्नेमा मल्होत्राले आफै आयात र निर्यात गर्ने गरेको करदाता कार्यालयले जानकारी दिए । मल्होत्राले निर्यात गरेको भनी दाबी गरेका मोबाइल सेटहरु चीन, भियतनाम लगायतका देशमा उत्पादन भएका र उक्त मोबाइल सेटहरु भारतको सामसुङ इन्डिया इलेक्ट्रोनिक्स प्रालिबाट आयात गरी युएईमा रहेको कम्पनी कृष्ण इन्टरनेसनल एफजेडई दुबईलाई बिक्री गर्ने गरेको देखाएका छन् । यो विवाद सर्वाेच्च अदालत पुगिसकेको छ । तर सर्वाेच्चले मलहोत्राकै पक्षमा अन्तरिम आदेश सुनाएको छ । सरकारले उक्त आदेश खारेजीका सर्वाेच्चमा निवेदन पनि दर्ता गरिसकेको छ ।

मल्होत्राले आर्थिक वर्ष २०७२/०७३ देखि २०७४/०७५ मा पनि मल्होत्राले यही प्रक्रियाबाट भ्याट फिर्ता लिने गरेको कुरा खुलासा भएको छ । आन्तरिक खरिद गरे बापतको ११ करोड ४२ लाख २८ हजार १ सय ३८ रुपैयाँ भ्याट फिर्ताका लागि मल्होत्राले ठूला करदाता कार्यालयमा २०७५ जेठ १ गते निवेदन दिएका थिए । ठूला करदाता कार्यालय मौन बसेपछि मल्होत्राले थप निर्यात गरेको दाबी गर्दै १४ करोड ४८ लाख ३९ हजार ६ सय ६४ रुपैयाँ मूल्य अभिवृद्धि कर फिर्ताका लागि २०७५ साउन ७ गते पुनः निवेदन दिए । उनले २०७४ साउन १ देखि जेठ मसान्तसम्म मोबाइल निर्यात गरेको दाबी गरी भ्याट फिर्ता माग गरेका हुन् । आर्थिक ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी शतप्रतिशत भ्याट फिर्ता लिने गलत मनासाय रहेको भन्दै फिर्ता गर्न नमिल्ने उसले जवाफ दियो । ठूला करदाता कार्यालयले ऐन बमोजिम ४० प्रतिशत कर फिर्ताको सुविधा उपयोग नगरी फर्जी काममार्फत शतप्रतिशत नै रकम फिर्ता लिन लागेको ठहर गरेको छ ।

मल्होत्राले भ्याट फिर्ता लिनको लागि कृष्ण इन्टरनेसनलले सामसुङ इन्डिया इलेक्ट्रोनिक प्रालिबाट मोबाइल खरिद नगरी नेपालमा रहेको मल्होत्राको अर्को बिचौलिया कम्पनी हिमालयन इलेक्ट्रोनिक्सबाट खरिद गरेको देखाइएको छ । ठूला करदाता कार्यालयले यस विषयमा अनुसन्धान गर्दा मल्होत्राले शतप्रतिशत भ्याट फिर्ता लिनका लागि बिचौलिया कम्पनी खडा गरेको पत्ता लगाएको छ । अनुसन्धानले एलाइड ट्रेड लिंक इन्टरनेसनल प्रालि नामको नयाँ कम्पनी पनि खुलाएको पत्ता लगाएको छ । यी प्रालि मल्होत्राकै रहेको अनुसन्धानबाट प्रष्ट भएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा एलाइडले खरिद बिक्री कारोबार नगरीकनै आइएमएसलाई ९ करोड ८४ लाख ९ हजार ८ सय ८९ रुपैयाँ भुक्तानी गरेको कार्यालयले फेला पारेको थियो । त्यसैगरी हिमालयन इलेक्ट्रोनिक्ससँग मोबाइल कारोबार नै नगरी हिमालयनले नेपाल इनभेस्टमेन्ट बैंक न्युरोड शाखाबाट सन् २०१७ अक्टोबर २९ मा २० हजार अमेरिकी डलर मल्होत्राको कम्पनी इन्टिग्रेटेडलाई भुक्तानी गरेको विवरण करदाता कार्यालयले फेला पारेको छ । त्यस्तै सन् २०१८ जनवरी ११ मा १५ सय अमेरिकी डलर इन्टिग्रेटेड मोबिलिटीको खातामा भुक्तानी गरेको पाइएको छ । खरेलको हिमालयन इलेक्ट्रोनिक्समा मल्होत्राको अर्को कम्पनी इन्टिग्रेटेड मोबिलिटीका कर्मचारीहरु शैलेन्द्र शुक्ला, सञ्जय निरौला, पूर्णबहादुर र शिवशक्ति भन्ने व्यक्तिहरुले चेक कारोबार गर्ने गरेको भएपनि करदाता सेवा कार्यालय बत्तीसपुतलीबाट भ्याट फिर्ता लिँदा खरेल सहभागी नभएको अनुसन्धानबाट खुलेको छ ।
आइएमएस वल्र्ड कम्पनी सामसुङ मोबाइलको नेपालको आधिकारिक बिक्रेता हो । इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स प्रालि पूर्ण रुपमा दीपक मल्होत्राको स्वामित्वमा रहेको छ । यो कम्पनीले पनि नेपालमा सामसुङ मोबाइल खरिद बिक्रीका लागि अनुमति लिएको छ । त्यस्तै एलाइड ट्रेड लिंक इन्टरनेसनल पनि दीपक मल्होत्राकै स्वामित्वमा रहेको छ । मल्होत्राले भ्याट छुटका लागि यो कम्पनीबाट आर्थिक कारोबार गर्ने गर्छन् भने हिमालयन इलेक्ट्रोनिक्स डिल्लीराम खरेलको स्वामित्व रहे पनि दीपक मल्होत्राकै एलाइड ट्रेड लिंक इन्टरनेसनलमा कार्यरत कर्मचारी रहेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,535 more people in Kathmandu Valley

Kathmandu : Coronavirus infection has been confirmed in 1,535 people in Kathmandu Valley in the ...

Translate »
%d bloggers like this: