उमेर नपुगी बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्यु

काठमाडौं । दैलेख नपास्थित पीपलकोटमा कृष्णा कसेरा र उनको शिशुको ज्यान गएको छ । १३ वर्षको उमेरमै विवाह गरेकी कसेराले बच्चा जन्माउन नसक्दा उनीसँगै उनको शिशुको पनि ज्यान गएको हो ।
चेतनाको कमीले उमेर नपुगी बिहे गर्दा थुप्रै महिलाको स्वास्थ्य खतरामा परेको छ । विवाह लगतै बच्चा जन्माउने र परिवार नियोजनको साधन पनि प्रयोग नगर्ने हुँदा यस्तो समस्या देखिएको हो । सरकारले बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति २०७२ लागू गरे पनि समस्या भने घटेको छैन । तथ्यांक अनुसार कर्णालीमा बालविवाह दर ५२ प्रतिशत छ भने सबैभन्दा बढी बालविवाह सल्यानमा ७४ प्रतिशत र सबैभन्दा कम जुम्लामा २० प्रतिशत रहेको छ । बालविवाह गरेकाहरूले आफ्नो स्वास्थ्य र भविष्यप्रति सोचविचार नगर्दा उनीहरुको स्वास्थ्य जोखिममा पर्ने गर्छ । बिहेलगत्तै गर्भवती भएकाहरू समेत नियमिति स्वास्थ्य परीक्षण गर्दैनन् । यसले गर्दा पनि उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...