मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली

काठमाडौँ । मंसिर १३ देखि १६ गतेसम्म उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात चल्ने भएको छ ।
क्रिश्चियन धर्मको प्रचारको लागि आयोजना गरिएको एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि उपत्यकामा ४ दिनसम्म यो प्रणाली लागू हुने भएको छ । मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ र १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुने कार्यक्रम छ । युनिभर्सल पिस फेडेरेसनको नामबाट १६ मंसिरमा काठमाडौंमा आयोजना हुने भनिएको जिससकी छोरीको घोषणा गर्ने कार्यक्रममा सरकार नै सहआयोजक रहेको छ । कार्यक्रम आयोजकले सरकारसँग ३१ करोड रुपैयाँ माग गरेकोमा २ करोड रुपैयाँ निकासा भईसकेको स्रोतले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...