काठमाडौं । बल्खुमा भएको लुटपाट घटनामा प्रहरी पनि संलग्न रहेको खुलासा भएको छ । नक्कली सुन देखाएर लुटपाट गरेको अनुसन्धान गर्ने क्रममा दुई प्रहरी हवल्दार रहेको महानगरीय प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई १ केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो । घटनामा संलग्न भएका जुनसुकै मातहतका भए पनि कडा कारबाही गर्ने प्रहरीले बताए ।