कपिलवस्तु । बाणगङ्गास्थित २१ वर्षीय खेमकला सुनारको मृत शरीर भारतको हरियाना हिसारमा भेटिएको छ ।
उनको हत्या गरिएको सुनारको माइती पक्षबाट दाबी गरेको छ । पिडित पक्षका अनुसार सुनारलाई मानसिक र शारीरिक यातना दिई हत्या बताएका छन् । दाइजो नल्याएको भन्दै मानसिक यातना दिई हत्या गरिएको पिडित पक्षको भनाई रहेको छ । हत्यारालाई कडा कारवाही गर्नुपर्ने पिडित परिवारको माग रहेको छ ।
