Monthly Archives: December 2018

टिच नेपाल निलम्बित

ललितपुर । विगत पाँच वर्षदेखि ललितपुरको गैह्र सरकारी संस्था टिच नेपाल निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तुरुन्त बन्द गर्न तथा बैंक खाता रोक्का गर्नका लागि पत्राचार गरेको बताउँदै संस्थाका अन्य ठाउँमा थप जग्गा जमिन के छन् विवरण मागिरहेको र काजगपत्र ...

Read More »

नेपालसहित नौ देशबाट जापानले कामदार लैजाने

काठमाडौँ । जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको हो । जापानले भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड, म्यानमार, मंगोलिया र नेपालबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको हो । कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न ...

Read More »

पूर्वगभर्नरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । पोलिमर नोट काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्वगभर्नर तिलक रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो ...

Read More »

नौ वर्षदेखि फरार रहेको अपराधी पक्राउ

विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई दोलखा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महिना १४ दिन कैद सजाय तोकिएकोमा फरार रहेका जिरेललाई पक्राउ गरिएको हो । जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई घर नजिकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जिरेललाई ...

Read More »

मालबाहकको ठक्करबाट बाबु छोराको मृत्यु

झापाको दमक चोकमा भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीले ...

Read More »

राहदानीसहित पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सय थान राहदानीसहित दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई पक्राउ गरेको छ । थारुले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत अन्य जिल्लाका व्यक्तिसँग सय थान राहदानी लिई गोङ्गबुको कोहलपुर गेष्ट हाउसमा लुकाएर राखेको अवस्थामा थारूलाई पक्राउ प्रहरीले जानकारी दिएको छ ।

Read More »

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको आरोपमा मुद्दा लगाइएको थियो । उक्त मुद्धा खेप्दै आएकी तिम्सिनाले एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । जिल्ला अदालत न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले तिम्सिनालाई अलगअलग चार मुद्दामा मुलकी फौजदारी संहिता ऐन २०७४ को दफा ६८ बमोजिम २५/२५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको ...

Read More »

फ्रान्समा राष्ट्रपतिको निर्णयमा असन्तुष्ट, आन्दोलन अझै जारी

काठमाडौं । गत केही हप्तादेखि फ्रान्समा नागरिकहरुले आन्दोलन सुरु गरेको छ । सरकारले आफ्नो निर्णय सच्याउने प्रयत्न गरे पनि आन्दोलन भने अझै जारी रहेको छ । सामाजिक न्याय, असमानता र उच्च घरानियाविरुद्ध सुरु गरिएको आन्दोलनमा दशौं हजार नागरिक सहभागी रहेको छ । आन्दोलन पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिका विरुद्ध केन्द्रित थियो भने सो आन्दोलनमा आम नागरिक स्वतः स्फुर्त रुपमा उपस्थित हुन ...

Read More »

नेपाली महिलाको पोर्चुगलमा निधन

क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ ।विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले राससलाई जानकारी दिनुभयो । मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उहाँका एक ...

Read More »

इटहरीको आइएमई लुटेर काठमाडौं छिरेका कुख्यात डाँका राजन लिम्बुलाई प्रहरीले गोलि हानेर काठमाडौंको रातो पुलमा समात्यो

काठमाडौं । डकैती समूहका कुख्यात नाइकेविरुद्ध प्रहरीले काठमाडौंको रातो पुलमा गोली चलाएको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि राजन लिम्बुलाई प्रहरीले गोली हानेको हो । लिम्बुले इटहरीमा आइएमईको शाखा लुटेर फरार भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई कालोपुलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। प्रहरीले लिम्बुको घुँडामा गोली हानेको छ। प्रहरीले हानेकाे गाेलीले उनकाे अर्काे घुँणामा समेत ...

Read More »
Translate »