जेलबाट श्रीमान छुटाइदिन्छु भन्दै १० लाख लुटियो, राजपा नेतामाथि बलात्कार आरोप

राजविराज : सप्तरीमा राष्ट्रिय जनता पार्टी (राजपा) का एक नेताले एक महिलासँग लाखौ रुपैयाँ ठगी गर्नुका साथै उनलाई  बलात्कार गरेको घटना बाहिर आएको छ। ठगी तथा बलात्कारको आरोपमा सप्तरी प्रहरीले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोज मेहतालाई आइतबार गिरफ्तार गरेको छ। उनी छिन्नमस्ता गाउँपालिका ५ लोखरमका हुन्।

राजविराज कारागारमा थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाई मेहताले साढे दश लाख रुपैयाँ ठगी गर्नुका साथै लजमा लगी बलात्कार गरेको पीडित महिलाको आरोप छ। मेहताविरुद्ध ठगी तथा बलात्कार दुबै उजुरी दर्ता गरिएको डीएसपी भावेश रिमालले बताए।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई राजनीतिक पहुँचका आधारमा छुटाई दिने आश्वासन दिँदै मेहताले पटक-पटक गरी करिब साढे दश लाख रुपैयाँ ठगी गरेको पीडितले बताइन्।

पछिल्लो पटक शंका लाग्न थालेपछि पीडितले बैंकमार्फत एक लाख ९५ हजार पठाएकी थिइन्। त्यसअघि साढे एक लाख, तीन लाख र चार लाख रुपैयाँ पटक-पटक गरी विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाई छ।

जेल परेका श्रीमानले नै मेहतासँग गत चैतको अन्त्यतिर चिनजान गराई दिएपछि बैशाखदेखि मेहताले बारम्बार सम्पर्क गरी आफ्नो पहुँच न्यायाधीश, एसपी, कर्मचारी सबैसँग भएकोले छुटाउन दश लाख रकम माग गरेका थिए।

पीडितका अनुसार पछिल्लो पटक जेलमै भेट भएका मेहताले न्यायाधीशको मानिससँग भेटन जाउँ, आफै पनि कुरा गर भन्दै राजविराजस्थित अशोक लज लगेका थिए। लजमा न्यायाधीशको मानिस १५ मिनेटसम्म पनि नआएपछि निक्लिन खोज्दा उनले भित्रबाट चुकुल लगाएर सुरुमा कुटपिट गरी बलात्कार गरेको पीडितले रुँदै बताइन्।

यसबारे श्रीमानलाई तत्कालै आफूले जानकारी दिएपछि प्रहरीकहाँ उजुरी गरेको उनले बताइन्।जेलमा परेका श्रीमान छुटने आशामा उनले नन्द, माइती र अन्य मानिससँग ऋणकर्जा लिएर मेहतालाई पैसा दिएको प्रहरीसमक्ष बताएकी छन्। ‘पापीले इज्जत लुट्यो, धर्म र धन पनि लुट्यो, मुद्दा दर्ता नम्बर लिन सोमबार जिल्ला प्रहरी कार्यालय आएकी पीडित महिलाले रुँदै भनिन्, ‘साह्रै अन्यायमा परे, मलाई न्याय चाहियो।’

 

 

– अन्नपूर्ण पोष्टबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...