23 Sep 2023, 6:38 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपाली पोषाकमा हलिउड हस्ती फ्रिम्यान काठमाडौंका सम्पदा स्थलमा

काठमाडौं । हलिउडका हस्ती महान् कलाकार मोर्गन फ्रिम्यान यतिबेला काठमाडौंमा छन् । नेपाली पोषाकमा ठाँटिएर उनी काठमाडौंका सम्पदा स्थलमा घुमिरहेका हुन्।

दौरा सुरुवालमा ठाँटिएर यसरी सम्पदामा घुमिरहँदा हलिउड क्षेत्रलाई नै नेपालप्रति आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

उनलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौंका सांस्कृतिक स्थलहरूमा घुम्दा गजब सुहाएको देखिएको छ।

आफ्नो  ‘द स्टोरी अफ गड’ टीभी श्रृंखलाको छायांकन गर्न उनी काठमाडौं आएका हुन् ।

आफ्नो गहकिलो आवाजका कारण चर्चा बटुलेका ८१ वर्षीय फ्रिम्यानले ‘इन्भिक्टस’ चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिका निर्वाह गरेका थिए ।

उनका अन्य चर्चित चलचित्रहरूमा सस्याङ्क रिडेम्प्सन, मिलियन डलर बेबी र ड्राइभिङ मिस डेजीलगायत छन् ।

सन् २००४ मा उनले मिलियन डलर बेबीमा निभाएको भूमिकाका लागि सर्वोत्कृष्ट सपोर्टिङ एक्टर अस्कर दिइएको थियो ।

धर्म, आस्था र भगवानबारे संसारभरका मानिसको धारणा बुझ्नु फ्रिम्यानको टीभी शृंखलाको उद्धेश्य रहेको नेसनल जियोग्राफिकको वेबसाइटले उल्लेख गरेको छ ।

 

– हाम्रा कुरा डटकमबाट

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: