क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्नै अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए ।
परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने । तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएको अरु बेला पनि उनी आत्महत्या गर्नेबारे कुरा गरिरहने गरेको ती साथीबाट खुल्न आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।
– पूर्वेली न्यूजबाट