Daily Archives: December 5, 2018

नारायणगोपालले त्यसपछि कहिल्यै गाएनन् रानी ऐश्वर्यका गीत

नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन। तर, नगेन्द्र र गोपाल दार्जिलिङको एउटै कलेजमा पढ्थे र उनीहरुबीचको मित्रता प्रगाढ भइसकेको थियो। नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ। नगेन्द्र कविता लेख्थे। त्योभन्दा पनि अझ उनी मुक्तककारका रूपमा दार्जिलिङभर प्रसिद्ध थिए। नेपाली भाषा–साहित्यमा उनी राम्रो ज्ञान राख्थे। एक किसिमले पारङ्गत थिए भन्दा पनि हुन्छ। उनको नेपाली भाषा–साहित्यप्रतिको यही दक्षतालाई बुझेर कहिलेकाहीँ शिक्षकले उनैलाई ...

Read More »

पप्पुलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश

नेपालगन्ज । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीबापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा निषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर ...

Read More »

ठूलो परिमाणमा लागूऔषधसहित चार पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले पूर्व-पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका ८, स्थित फूलबारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका २१ बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका ८ बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश ...

Read More »

भूकम्पपछिको चौथो जाडो पनि टहरामै

ओखलढुंगा । चिसंखुगढी गाउँपालिका ५ पाखेको श्रीकुश्माण्ड आधारभूत विद्यालयमा तीन वर्षदेखि त्रिपाल र बाँसको टहरामै पढाइ हुँदै आएको छ । ०७२ को भूकम्पमा विद्यालय भवन भत्किएपछि विद्यार्थीहरू टहरामै पढ्न बाध्य भएका हुन् । विद्यालय पुनर्निर्माणका लागि बजेट प्राप्त भए पनि काम ढिलो हुँदा भूकम्पपछिको चौथो जाडोमा समेत विद्यार्थी टहरामै पढ्न बाध्य छन् । ‘घाम लागेका बेला बाहिर राखेर पढाउँछौँ’ विद्यालयकी प्रधानाध्यापक इन्दिरा भट्टराईले ...

Read More »

नेपालमा ८.५ म्याग्नेच्युडको भूकम्प जाने जाेखिम- एक वैज्ञानिक अध्ययन !

भारतीय वैज्ञानिकहरुको एक अध्ययनले नेपालसहितको हिमालय क्षेत्र इतिहासकै सबैभन्दा ठूलो भूकम्पको जोखिममा रहेको औंल्याएको छ। जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स साइन्टिफिक रिर्सचका लागि भूगर्वविद् सीपी राजेन्द्रले नेतृत्व गरेको अनुसन्धानले निकट भविष्यमा यो क्षेत्रमा ठूलो भूकम्प जान सक्ने उल्लेख गरेको हो। ‘दक्षिण एशियाको मध्य हिमालय क्षेत्रमा भविष्यमा जुनसुकै समय ८.५ म्याग्निच्युडको भूकम्प जान सक्छ’, बेंग्लोर आधारित संस्थाको जियोलोजिकल जर्नलमा प्रकाशित लेखमा ...

Read More »