26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

ठूलो परिमाणमा लागूऔषधसहित चार पक्राउ

नवलपरासी । पूर्वी नवलपरासीमा ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले पूर्व-पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका ८, स्थित फूलबारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागूऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका २१ बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका ८ बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगंज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम ६ बस्ने ४१ वर्षीय अमरजित केवट रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नुफीन ५५ एम्पुल, फेनारगन ५५ एम्पुल, डाईजेपाम सेरिजेक ५५ एम्पुल, फेन्सेडिल १९९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस लेखिएको २८८ ट्याब्लेट, नाईट्राभेटे ५९७ ट्याब्लेट बरामद गरेको छ । यसैगरी लु १ ख ६३९० नम्बरको बसमा लागूऔषध ल्याउँदै गरेका म्याग्दी साविक ताकम एक धारापानी बस्ने २८ वर्षीय कुमार थापालाई पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले फेनारगन ४३ एम्पुल, नुफिन ४३ एम्पुल, डाईजेपाम सेरिजेक ४३ एम्पुल जफत गरेको जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध लागूऔषध ओसारपसार विरुद्धको मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

 

 

– कान्तिपुरबाट

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: