काठमाडौं – काठमाडौं महानगरपालिका–२६ सरकारीधारामा माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।सामाखुशीको सडकमा विहिबार बा१ज ८४५९ नं को माइक्रोबसको ठक्करबाट झापा केचना गाउँपालिका–३ की तीन वर्षीय बालिका जिया यादवको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जितेश दाहालका अनुसार गम्भीर घाइते यादवको उपचारका क्रममा कान्ति बाल अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। रासस