इटहरीको आइएमई लुटेर काठमाडौं छिरेका कुख्यात डाँका राजन लिम्बुलाई प्रहरीले गोलि हानेर काठमाडौंको रातो पुलमा समात्यो

काठमाडौं । डकैती समूहका कुख्यात नाइकेविरुद्ध प्रहरीले काठमाडौंको रातो पुलमा गोली चलाएको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि राजन लिम्बुलाई प्रहरीले गोली हानेको हो ।

लिम्बुले इटहरीमा आइएमईको शाखा लुटेर फरार भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई कालोपुलबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। प्रहरीले लिम्बुको घुँडामा गोली हानेको छ। प्रहरीले हानेकाे गाेलीले उनकाे अर्काे घुँणामा समेत छेडेकाे बताइएकाे छ।

‘नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेका हौँ, आरोपीबाट हतियार बरामद भएको छ’, लिम्बु पक्राउको नेतृत्व गरेका डिएसपी रूगम कुँवरले भने। महाशाखाको टोलीले लिम्बुका साथबाट टाइप–५४ पेस्तोल र त्यसको गोली समेत बरामद गरेको छ।

लिम्बुलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टरमा लगेको छ। लिम्बुले मंसिर १२मा इटहरी बजारमा रहेको एक्टिभ मनी ट्रान्सफरमा हतियार देखाएर तीन लाखभन्दा बढी रकम लुटेर फरार भएका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिबकुमार श्रेष्ठले लिम्बु वित्तिय संस्था लुटपाटमा संलग्न कुख्यात डाँका भएको बताए। उनका अनुसार लिम्बु एक्लैले र अर्को एकजनाको सहयोगमा लुटपाट गर्ने र भाग्ने गरेका थिए।

 

– लाइटनेपालबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...