23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपाली महिलाको पोर्चुगलमा निधन

क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ ।विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले राससलाई जानकारी दिनुभयो ।

मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् । उहाँका एक छोरा र एक छोरी छन् । उहाँका श्रीमान् प्रेम नेपाली लामो समयदेखि पोर्चुगलमा रहेर विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक गतिविधिमा सकृय रहदै आउनुभएको छ । मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उहाँको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ ।

 

 

– पूर्वली न्यूजबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: