विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महिना १४ दिन कैद सजाय तोकिएकोमा फरार रहेका जिरेललाई पक्राउ गरिएको हो । जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई घर नजिकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जिरेललाई पक्राउ गरेकै दिन अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ । रासस
