काठमाडौं । गत केही हप्तादेखि फ्रान्समा नागरिकहरुले आन्दोलन सुरु गरेको छ । सरकारले आफ्नो निर्णय सच्याउने प्रयत्न गरे पनि आन्दोलन भने अझै जारी रहेको छ ।
सामाजिक न्याय, असमानता र उच्च घरानियाविरुद्ध सुरु गरिएको आन्दोलनमा दशौं हजार नागरिक सहभागी रहेको छ । आन्दोलन पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिका विरुद्ध केन्द्रित थियो भने सो आन्दोलनमा आम नागरिक स्वतः स्फुर्त रुपमा उपस्थित हुन थालेका छन् ।
आन्दोलनमा प्रदर्शनकारीहरुले फ्रेन्च भाषामा ‘लेस जिलेट्स जन्स’ अर्थात् ‘पहेँलो टिसर्ट’ नाम दिइएको छ । जसलाई आलोचनाको प्रतिकात्मक रुपमा प्रयोग गरिएको बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले वृद्धि गरिएको कर ‘वातावरण संरक्षणका लागि’ र ‘जलवायु परिवर्तनसँग जुध्न’ आफ्नो निर्णयको बचाउ गरेको बताए ।
तर प्रदर्शनकारीहरुले राष्ट्रपतिको निर्णयलाई ‘अहंकारी’ भन्दै आम नागरिकको दुखसँग एकाकार नभएको बताउँदै आन्दोलन गरेका थिए ।
– अन्नपूर्णपोष्टबाट ।