काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको आरोपमा मुद्दा लगाइएको थियो ।
उक्त मुद्धा खेप्दै आएकी तिम्सिनाले एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी छन् । जिल्ला अदालत न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले तिम्सिनालाई अलगअलग चार मुद्दामा मुलकी फौजदारी संहिता ऐन २०७४ को दफा ६८ बमोजिम २५/२५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
तिम्सिनाले पाँच जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न अनुसुची फारममा सिफारिस गरिदिएको अभियोग लागेको थियो । यस अघि पनि भारतीयलाई नागरिकता सिफारिस गरिदिएको आरोप सोही वडाका वडा अध्यक्ष उद्धव अर्याललाई लागेको थियो । अर्याललाई अदालतको मागअनुसार १२ हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
– पूर्वेली न्यूजबाट ।