28 Oct 2020, 1:53 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

नेपालसहित नौ देशबाट जापानले कामदार लैजाने

काठमाडौँ । जापान सरकारले श्रमिक अभाव कम गर्न बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको हो । जापानले भियतनाम, फिलिपिन्स, इण्डोनेशिया, कम्बोडिया, चीन, थाइल्याण्ड, म्यानमार, मंगोलिया र नेपालबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको हो । कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिइनेछ ।
जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन् । नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने संवाद जापानसँग गर्दै आएको छ । दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
– कान्तिपुरबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive arrested on two counts of banking malpractice

Kathmandu : District Police Office, Jhapa has arrested a fugitive accused in a banking case. ...

Translate »
%d bloggers like this: