13 Apr 2021, 7:12 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

पूर्वगभर्नरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । पोलिमर नोट काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पूर्वगभर्नर तिलक रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कुल २ करोड ७३ लाख रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही ९१ लाख ९ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानुनी रुपमा नोट छपाइ गरेको आरोप लागेको थियो । मुद्दामा बोलपत्र पूर्व नै राष्ट्र बैंकले नोट प्रिन्टिङका लागि अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधीबीचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि सञ्चारकर्मी समेतलाई थाइल्याण्ड हँुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका कार्यादेश दिएकालाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगर्नेजस्ता गलत गतिविधि भएको अख्तियारद्धारा दायर आरोप पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै परल मूल्य प्रति हजार ६८ अष्ट्रेलियन डलरबाट ४ अष्ट्रेलियन डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका नोट प्रिन्टिङमा अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पु¥याएको विशेष अदालतमा दायर भएको आरोपत्रमा उल्लेख छ ।
– नेपाललाइभ डटकमबाट

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: