26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

टिच नेपाल निलम्बित

ललितपुर । विगत पाँच वर्षदेखि ललितपुरको गैह्र सरकारी संस्था टिच नेपाल निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न, विज्ञापनको प्रक्रिया तुरुन्त बन्द गर्न तथा बैंक खाता रोक्का गर्नका लागि पत्राचार गरेको बताउँदै संस्थाका अन्य ठाउँमा थप जग्गा जमिन के छन् विवरण मागिरहेको र काजगपत्र लिने काम निरन्तर भइरहेको जानकारी दिए ।
टिच नेपालले एक प्रशिक्षार्थी शिक्षकको माग गरिएको विज्ञापनमा क्रिष्चियन परिवारको हुनुपर्ने, क्रिष्चियन कलेजमा पढेको र चर्चको (प्रमाणीकरण चिठी) रेफरेन्स चाहिने लगायत मापदण्ड राखेको जिल्ला प्रशासन कार्यालय ललितपुर जनाएको छ । उक्त मापदण्ड अनुसार छानबिन सुरु गरिएको थियो । ०६९ साल मंसिर १५ गते संस्था दर्ता ऐन ०३४ अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको उक्त संस्था समाज कल्याण परिषद ललितपुरसँग आबद्ध रहेको छ । संस्था दर्ता ऐन तथा नियमावली ०३४ अनुसार यदि कुनै पनि संस्थाले नियमावली भन्दा बाहिर गएको भेटिएमा संस्था खारेज हुन सक्ने, निलम्बन हुन सक्ने तथा अन्य कारबाही हुन सक्ने प्रावधान रहेको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले ‘टिच नेपाल’ ले विज्ञापन गर्ने क्रममा त्रुटी गरेको स्वीकार गरिसकेका छन् । – अन्नपूर्णपोष्टबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: