26 Oct 2020, 10:44 AM (GMT)

Coronavirus Stats Nepal

159,830 Total Cases
862 Death Cases
115,675 Recovered Cases

आफ्नै परिवारलाई गोली हानी हत्या

नयाँ वर्षको अवसरमा थाइल्याण्डको एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । कार्यक्रममा गोली लागी दुई जना बालबालिकासहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागी मृत्यु हुनेमा उनैका ९ वर्षको छोरा र ६ वर्षकी छोरी पनि रहेका छन् भने अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेको प्रहरीले जनाएको छ ।
– कान्तिपुरबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

More than 62,000 deaths due to Covid-19 in Mexico

Kathmandu : The death toll from Covid-19 in Mexico has risen to 62,000. In the ...

Translate »
%d bloggers like this: