घट्यो इन्धनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि नेपाल आयल निगमले इन्धनको मूल्य दुई रुपैयाँ घटाएको छ ।
निगमका अनुसार भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएको जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा दुई÷दुई रुपैयाँ घटाइएको छ भने नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५÷९५ रुपैयाँ पुगेको छ । त्यस्तै निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विराटनगरका न्यायाधीशमाथि छानबिन सुरु

काठमाडौं । ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई न्याय ...

Translate »