नेपालको आफ्नै पहिलो भू–उपग्रह उडान

काठमाडौँ । अगामी वैशाखमा नेपालले पहिलो पटक जापानस्थित क्यूसु इन्स्ट्च्यिूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा स्याटालाइट भू–उपग्रह उडाउने भएको छ ।
स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको नाष्टका प्रविधिले जानकारी दिएको छ । स्याटालाइटलाई ‘नेपस्याट–१’ नाम दिइएको छ । विभागका अनुसार भू–उपग्रह निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएको छ र गत अगस्टमा इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भइसकेको बताउँदै अब पूर्ण रुपमा प्रक्षेपण गर्न सकिने बताए ।
अहिले स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशन सम्बन्धि काम भइरहेको नाष्टले जनाएको छ । स्टेशनका लागि चाहिने आवश्यक प्रविधिक विवरण तयार गर्ने कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको विभागले जानकारी दिए । १० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो । छोटो समय र कम लागतमा तयार गर्न सकिने भएकाले पहिलो भू–उपग्रहमा ‘नानो स्याटालाइट’ प्राथमिकतामा पर्ने गर्छ । ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्नुका साथै धेरै अर्ब खर्च हुने हुँदा प्रक्षोपणका बेला जोखिम धेरै हुन्छ । व्यावसायिक रुपमा न्यानो स्याटालाइट निर्माण गर्दा ५ करोड लाग्ने हुँदा प्रक्षोपणका बेला हुने सक्ने सम्भावित क्षति कम हुने गर्दछ ।
स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ । यसले बादलको बहाव हेरेर मौसमको जानकारीसमेत दिने बताइएको छ । यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ रहेको नाष्टले जनाएको छ । यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिने नाष्टको भनाइ छ ।
स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ । भू–उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ । – कान्तिपुरबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »