कसरी बढाउने पढाइमा रुची ?

– सुमन तिमल्सिना

अचेल धेरै साथिको गुनासो हुन्छ–किन हो मलाई त पढ्र्न मन लाग्दैन ? मत परीक्षा आएपछि मात्रै पढ्ने हो । अव त पढ्छु भन्यो दिमागमा बसे पो । धेरैको मनमा यस्तै कुराहरु खेलिरहेको हुन्छ । मनोवैज्ञानिकहरुले यसो हुनुका केहि कारण पत्ता लगाएका छन् ।ती कारण बुझेर अघि बढ्न सके पढाई झर्काे लाग्दो हुदैन । परीक्षामा हाउगुजि बन्दैन । पढ्न मन लगाउने १० मुख्य उपाय यस्ता छन् ।
(१) केन्द्रित हुने :– हामी जुन विषय पढीरहेको हुन्छै, त्यसमै केन्द्रित हुनुपर्छ,गणित समस्या समाधान गरी रहेका बेला मनमा अंग्रजिको कुरा खेलाउनु हुन्न र सो समयमा अरु विषयको चिन्ता लिनु भएन ।
(२) पकड राख्ने :– कुनै विषयमा पकड कमजोर छ भने त्यो विषयमा अझ धेरै ध्यान दिनु पर्छ । हामि त्यो विषय पढ्न बढी रुचाउंछौ जुन राम्ररी आउंछ । त्यसैले कमजोर विषयमा पकड बनाउनु पर्दछ ।
(३) रुचि बढाउने :– कुनै विषयमा रुचि छैन भने त्यसमा रुचि जगाउनुपर्छ रुचि नभएको विषयमा रुचि बढाउन दिन प्रति दिन लगातार अभ्यास गर्नाले रुचि बढाउन सकिन्छ ।
(४) सिमित किताब :– आफ्नो स्तर अनुसार वा आफूले पढ्ने किताब मात्रै राख्नु पर्छ, बांकि सम्बन्धित दराज र्याक राख्नु पदर्छ । सथै किताब संगै भएमा यो पढौ कि त्यो पढौ भन्ने हुन्छ ।
(५) निश्चित समय :– कुनै पनि विषयको पढ्न पाठन गर्दा टाइम टेवल बनाएर अध्यान अध्यापन गर्नु पर्दछ, त्यसैका आधारमा पढेमा नियमित पढाई हुन्छ ।
(६) लक्ष्य निर्धारण :– लक्ष्यविना पढाइ बोझिलो हुन्छ । कुन विषय कसरी पढ्ने भनि त्यो पढेर के बन्ने के गर्ने भन्ने निधारण गर्ने नसक्नेले पनि पढाइमा रुचि नलागेको हुन सक्छ ।
(७) संचारका प्रविधि :– अहिलेको समयमा संचार प्रविधिको युग हो । संचारका विभिन्न साधनको प्रयोग गरी अध्यान अध्यापन गर्नाले पढाइ रुचि भइ चिरस्थायी हुने गर्दछ ।
(८) साथि संगत :– साथिको सहि र राम्रो कुरालाई समर्थन र नराम्रो कुरालाई सच्याउका लागी आग्रह गर्नु पर्दछ । राम्रो साथिको सधै संगत र नराम्रोलाई संधै टाढै राख्नुपर्दछ ।
(९) प्रेरणा :– प्रेरणालाई सबै मनिसलाई हौसला र प्रोत्साहन प्राप्त गर्न सकन्छ । राम्रो र उत्कृष्ट व्यक्तिको प्रेरणा र हौसलाले थप कुरा सिक्न र जान्नका लागी मार्गदर्शक बन्ने प्रेरणा गर्दछ ।
(१०) खास रुची :– आफ्नो रुचि अनुसार काम कारवाही अगाडी बढ्नु पर्दछ । जसले नया–नया कुरा सिक्न र सिर्जनात्मक कुरा वा क्षेत्रमा रुचि बढी भई धेरै कुरा सिक्ने जस्ता कुराहरु हुन्छन् । पढाइसंगै आफ्नो रुचि कर विषयलाई अगाडी बढाउन सकेमा उन्नती प्रगति हुने देखिन्छ । समय–परिस्थिति अनुसार आफ्नो रुचि चाहना अनुसार कार्य गरेमा जीवन उन्नती भई सहि मार्गमा लाग्न सकिन्छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सिकाई सुधारका लागि

सर्वप्रथम सिकाई शिक्षकसँग कक्षाकोठामा मात्र हुने प्रक्रिया होइन, यो त शिक्षक, सहपाठी साथी, अभिभावक समाजका ...

Translate »