23 Sep 2023, 6:07 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

नेपाल टेलिकमको २१ अर्ब घोटाला, अधिकारीलाई महाप्रबन्धक बनाउने तयारी

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवामा २१ अर्ब रुपैयाँमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन पहिलादेखि मिलाएको रहस्य खुलेको छ ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिकममा महाप्रबन्धक नियुक्ती खुला प्रतिस्पर्धाबाट गर्ने भनिए तापनि उनले डिल्लीराम अधिकारीलाई महाप्रबन्धक बनाउने तयारी गरिरहेका छन् । टेलिकममा महाप्रबन्धकका लागि ११ जनाको निवेदन परेको छ । तीमध्ये नौ जना ‘सर्ट लिस्ट’ मा परेका थिए । उनीहरुको अन्तर्वार्ता लिइसकेको छ । अधिकारी दसौं तहका कर्मचारी हुन् । अन्तरवार्तामा एघारौं तहका गोकर्ण सिटौला र प्रदीप उपाध्याय सामेल भएका छन् । निवेदन दिनेमा पूर्व महाप्रबन्धक बुद्धि आचार्य पनि छन् ।
मन्त्री बाँस्कोटाले सेटिङमा नियुक्त गर्न लागेका अधिकारीको नोकरी अवधि १६ वर्ष बाँकी छ । महाप्रबन्धकको कार्यकाल सात वर्षको हुन्छ । टेलिकममा महाप्रबन्धक भएपछि फेरि नोकरीमा फेरि फर्किन नपाउने नियम भए पनि मन्त्री बाँस्कोटाको नोकरीमा फर्कन सक्ने मापदण्ड बनाएको छ । यदि अधिकारीलाई महाप्रबन्धक बनाए कर्मचारीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
– नेपाल समय डटकम

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: