काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को युवा संगठनले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दलेको छ ।
कंसाकारलाई उनकै कार्यकक्षमै पुगेर मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए । क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको गजुरेलको भनाइ छ ।
– अन्नपूर्णपोष्ट डटकम
