सार्वजनिक बिदा थप गर्न सिफारिस

काठमाडौं । मन्त्रिपरिषद बैठकले हालै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सरकारले २६ दिन सार्वजनिक बिदा थप गर्ने सिफारिस तयारी गरेको छ ।
बैठकले यसअघि काटिएका जनैपुर्णिमा, छठ, माघेसंक्रान्ति, ल्होसार, इद, क्रिसमस जस्ता पर्वमा समेत अब पूर्ण बिदा दिने तयारी भएको छ । पुनरावलोकन समितिले यसअघि सम्बन्धित जाति, वर्गलाई दिने भनिएको बिदालाई पूर्ण बिदा गर्ने तयारी गरेको बताइएको छ । अहिलेको निर्णयअनुसार नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १६ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा रहेका छन् । अन्य पर्वहरुमा आंशिक विदा हँुदै आएको छ । यसअघि गत चैत्र १४ गतेको मन्त्रीपरिषद बैठकले अघि दिदै आएका गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, पृथिवी जयन्ती, घटस्थापना, फूलपाती, कोजाग्रत पुर्णिमा, द्वादशी, रामनवमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, लोकतन्त्र दिवस र शहिद दिवसमा दिईने बिदा कटौती गरेको थियो ।
– खरिबोट डटकमबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लोक दोहोरी “चरी मैना” बजारमा

नेपाली लोक संगीत बजारमा नयाँ लोक दोहोरी “चरी मैना” आम दर्शकमाझ आएको छ । चर्चित ...

Translate »