काठमाडौं । केही दिन अघि मात्रै सांसद पथको सपथ ग्रहण गरेका राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी अहिले तत्कालै रिहा नहुने भएका छन् ।
चौधरीलाई तल्लो अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सदर गरेपछि संसद प्रवेशको बाटो हाललाई बन्द भएको छ । सांसद चौधरीले जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशको खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।
– उज्यालो अनलाइनबाट ।
