बंगलादेशका राष्ट्रपति पुनः हसिना

राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
हालै भएको निर्वाचनमा बहुमत हासिल गर्दै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । चार पटक बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल रहेको छ । यसअघि राष्ट्रपति हमिदले संसदको बहुमत प्राप्त दल अवामी लिगका अध्यक्ष हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका थिए । गत डिसेम्बर ३० मा भएका आमनिर्वाचनमा अवामी लिगको गठबन्धनमा आवद्ध पार्टीले २ सय ८८ सिट जितेका थिए । प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरुलाई पनि राष्ट्रपतिले शपथ गराएका छन् ।
– कान्तिपुरबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

समलिङ्गी विवाह सेनाले स्वीकार गर्दैन ः भारतीय सेनाध्यक्ष

काठमाडौं । समलिङ्गी सम्बन्धलाई बैधता दिने विषयमा सर्वाेच्च अदालतले दिएको आदेश सेना भित्र लागू नहुने ...

Translate »