28 Oct 2020, 2:54 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

बस दुर्घटनामा परी बालकसहित एकको मृत्यु

काठमाडौं । रोल्पाको जुतुङखोलामा सोमबार बस सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३० जना यात्रु सवार रहेको बसमा ११ महिने बालक नितेश विक र नवराज आलेको मृत्यु भएको प्रहरीले जनाएको छ भने २१ जनाको अवस्था सामान्य रहेको र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बालकको घटनास्थलमै र आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएको छ । सुलिचौरबाट लुङ्ग्री गाउँपालिकाको जुतुङखोला जाँदै गरेको बा १ ख ५५२१ नम्वरको बस उकालो घुम्ति बाटोमा भार थाम्न नसकेपछि दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
– नागरिक न्यूजबाट ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive arrested on two counts of banking malpractice

Kathmandu : District Police Office, Jhapa has arrested a fugitive accused in a banking case. ...

Translate »
%d bloggers like this: