13 Apr 2021, 7:42 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

महानगरपालिकाले भत्कायो जनप्रतिनिधिको घर

काठमाडौं । पोखरा महानगरपालिकाले जनप्रतिनिधिले सार्वजनिक जमिनमा मापदण्ड विपरीतको घर बनाएको भन्दै वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारको फिर्के खोलाको किनारमा बनाएको पक्की घर महानगरपालिकाले डोजर लगाई भत्काएको छ ।
त्यसैगरी महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको पोखरा महानगरपालिका ५ धारापानीस्थित भरत लिगलको घर पनि भत्काइएको छ । घर भत्काउन नदिन वडा सदस्य परियारले महानगरपालिकाका मेयर र वडा अध्यक्षसँग मौखिक सहमतिमा २०४७ सालदेखि बस्दै आएको स्थानमा पक्की घर बनाएको बताएकी थिइन् । घर भत्काउनबाट रोक्न उनले डोजरलाई छेकेपछि नगर प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर घर भत्काइएको थियो । महानगरले घर बनाउन जग राख्दा देखि पटक पटक घर नबनाउन अनुरोध गर्दा र पत्राचार गर्दा पनि अटेर गरेपछि बाध्य भएर महानगरले घर भत्काएको बताए ।
– अन्नपूर्णपोष्टबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in tipper collision in Itahari

Kathmandu : A person has died after being hit by a tipper at Amapagachhi Chowk ...

Translate »
%d bloggers like this: