हामी शिक्षक

सुमन तिमल्सिना

“आजकाल शिक्षक पढाउँदैनन् । शिक्षकहरु पढाउन जान्दैनन् शिक्षक पार्टीका कार्यकर्ता भएका छन्, पढाउनभन्दा धेरै राजनीति गर्दछन् । शिक्षकहरुका लागि पढाउनभन्दा पनि समय बिताउन र राजनीतिक कुरा गर्ने थलो भएका छन् विद्यालय ।”

 

यी माथि उल्लेखित यस्ता कुराहरु आजकाल छरपष्ट सुन्न पाइन्छन् । पत्रपत्रिका, रेडियो, टेलिभिजिनदेखि लिएर सभा, गोष्ठी, पानी पँधेरो र खेतबारी जहीँतहीँ यस्तै चर्चा हुन्छ । तर न सरकार, न समुदाय, न शिक्षक, न विद्यार्थी कोही पनि यसतर्फ गम्भीर र संवेदनशील पाइँदैनन् । संवेनशील हुन पनि आवश्यक ठानिएको छैन । सबै पक्ष अर्कालाई दोष दिएर उम्कने असफल प्रयासमा भेटिन्छन्, कुरा गर्नेहरुले गरिरहेका छन् । आँखा चिम्लनेहरुले चिम्लिरहेका छन् । बालबालिकाको सुन्दर भविष्य निर्माण गर्नुपर्ने विद्यालयहरु बिग्रिएका छन् । भत्किएका र खोक्रो भएका विद्यालयहरुबाटै सुन्दर र सुरक्षित भविष्यको कल्पना गरिएको छ, शिक्षक, विद्यार्थी, अभिभावक र राज्यबाट । तैपनि हामी सबै दंग छौं । विद्यार्थीले सायद बुझ्दैनन्, अभिभावक सोझा र अनपढ छन्, राज्य दृष्टिविहिन र मुक छ, त्यसैले देख्दैन, बोल्दैन ।
तर शिक्षक किन बोल्दैन ? बालकमा उत्तम चेतना सृजना गराउने सर्जक र स्वयंममा एउटा उच्चकोटीको चेतना हो शिक्षक । यही उच्चकोटीको चेतना नै आज बन्धकतुल्य भएको छ, बोल्नै नसक्ने भएको छ । मानौं, उसका विचारहरु कैद गरिएका छन् । सर्वत्र अचम्म मानिएको छ । शिक्षक र शिक्षक संघ संगठनहरुको सकारात्मक भूमिका खोजिएको छ । त यी सबै हराइरहेका छन् । होश गुमेको छ, जतिबेला होस् खुल्ला शायद त्यतिबेला अहिलेका शिक्षक र विद्यालयहरु केहीको पनि अस्तित्व नभेटिएला ।
अब शिक्षकहरु बोल्नै पर्छ, माथिका आरोपहरुप्रति शिक्षक संवेदनशील हुनै पर्दछ । अब पनि शिक्षक र यिनका संगठनहरु बोलेनन् भने समाजले अर्काे आरोप लगाउने छ । हाम्रा शिक्षक अयोग्य र बेकम्म छन् । त्यसैले अब शिक्षकले बोल्ने हिम्मत गर्नु पर्दछ । तैं चुप मैं चुप गरेर वा बन्दकोठामा कानेखुशी गरेका भरमा आफूप्रति लगाइका आरोपबाट मुक्ति पाउने स्थिति छैन । त्यसैले शिक्षकहरुले आफूहरुप्रति लगाइएका आरोप सही हुन भने तिनलाई स्वीकार गरेर आफूमा सुधार गर्ने अठोट गर्नुपर्दछ, आरोप गलत हुन भन्ने लाग्दछ भने त्यसको जवाफ दिने हिम्मत बटुल्नु पर्दछ । तेस्रो विकल्प छैन । कक्षाकोठाबाट विद्यार्थी हराइरहेको दृश्य हेरेर बसेको समाजलाई शिक्षकका नारा, जुलुस, भाषण र बन्दको जवाफले चित्त बुझाउन सक्ने छैन । शिक्षकको योग्यता, क्षमता र इमान्दारितामा माथि लगाइएको आरोपको चोटिलो जवाफ समाजले त्यतिबेला पाउने छ, जतिबेला कक्षाकोठाबाट हराएका विद्यार्थीहरु पुनः कक्षाकोठामा फिर्ता, आउन थाल्ने छन्, शिक्षक गुरुमा परिणत हुनेछन्, विद्यालय छँदा शिक्षक केबल शिक्षक मात्रै रहने छन्, कांग्रेस, एमाले, माओवादी, मधेसी आदि केही पनि हुने छैनन् ।
शिक्षकहरुमाथि लगाइएका सबै आरोप सही छैनन् । तर अधिकांश सही छन्, हामीलाई यो सत्य स्वीकार गर्न कठिन भएको छ । कसैलाई सत्य बोल्दा आफू एक्लै उल्लु भइन्छ कि भन्ने डर छ, कसैलाई शिक्षक राजनीतिभित्र भोट पाइँदैन कि भन्ने डर छ, अनि कसैलाई एमाले, कसैलाई माओवादी, कसैलाई कांग्रेस नबनिने डर छ, तर शिक्षक बनिरहने रहर भने जीवन्त छ, हामी सबैसँग । यही डर र रहरभित्र हामीले सत्य लुकाएका छौं । इमान्दारी चपाएका छौं, सत्य स्वीकार गर्नुभन्दा अरुलाई दोष लगाउने, अनि हामीले आफूलाई सोह्रै आना सही ठह¥याउँदै हुँकार गर्ने गरेका छौं, सरकार बेकम्मा छ, शिक्षा नीति बेकम्मा छ, पाठ्यक्रम बेकम्मा छ, आदि गड्गडाहट तालीभित्र भाषण ठोक्दै हामीले भन्ने गरेका छौं, शिक्षकलाई विभेद गरिएको छ । शिक्षकलाई सेवा सुविधाबाट बञ्चित गरिएको छ, राजनीतिक पार्टीको झोला र झण्डा बोक्न बाध्य पारिएको छ, विद्यालयमा राजनीतिक हस्तक्षेप भएको छ तर दुनियाँले हाम्रो यो प्रलापलाई गोहिको आँसु भनिरहेको छ भन्ने हामीले पत्तै पाएका छैनौं । हाम्रा शैक्षिक कार्यक्रममा हामी राजनीतिक पार्टीका नेतालाई प्रमुख अतिथि बनाउँदा गर्व गर्छाैं, मानौं हाम्रा कार्यक्रममा प्रमुख अतिथि बनाउने कुनै शिक्षाविद् नै छैनन् ।
हामीले उच्च शैक्षिक मर्यादा कायम राख्ने र पेशागत आन्दोलनलाई उचाईमा पु¥याउने हो भने अब प्रत्येक शिक्षकले फैसला गर्नुपर्दछ । “एकाध शिक्षकलाई नेता बनाउनका लागि हामीले पेशागत मर्यादालाई जोगाउने कि नजोगाउने ?” हामीले आफैंलाई सोध्नुपर्छ, हामीले सही अर्थमा शिक्षण गरेका छौं कि छैनौं ?” आज ‘शिक्षक’ को परिभाषा लज्जित भएको छ । समाज परिवर्तनका लागि राय, सल्लाह र सुझाव लिन शिक्षकको दैलोमा राजनीतिक नेता पसारिनुपथ्र्याे र आज नेताको दैलोमा शिक्षक लम्पसार परेको छ । त्यसैले आम शिक्षकले बुझ्नु आवश्यक भएको छ, राजनीतिक नेताको दैलोमा लम्पसार पर्ने शिक्षक या त अत्यन्त स्वार्थी र ठग हो या त अयोग्य र असक्षम । त्यस्ता अयोग्य र ठग शिक्षकहरुका कारण बाँकी योग्य र सक्षम शिक्षकहरु पनि अपमानित हुनु परेको छ । तर बिडम्बना त्यस्तै नगण्यहरुको आवाज कहिले क्रान्तिकारी भएर सडकमा बुरुक्क उफ्रन्छ त कहिले गुलियो भएर लपक्क हुन्छ सबैसँग । शायद समाजको यही नियतिसँगै अल्मलिँदै हामी बाँचेका छौं ।
अब बहसको विषय बनाउनुपर्दछ । हाम्रा शैक्षिक आन्दोलनहरु किन सशक्त रुपमा अगाडि बढ्न र आशातित परिणाम प्राप्त गर्न असफल रहेर हाम्रो आन्दोलनलाई प्रभावकारी जनसमर्थन किन प्राप्त हुन सकेन ? हाम्रो आन्दोलनमा विद्यार्थी किन उठेनन् ? अभिभावकले किन चासो देखाएनन् ? किन सबै रमिते बने ? जवाफ स्पष्टै छ, हाम्रा माग र नाराले समाजको भावना र अपेक्षालाई प्रतिनिधित्व गरेनन् । हामी आफूभित्र मात्रै केन्द्रित भयौं, सरुवा, बढुवा, स्थाय, औषधी उपचार, बिदा आदिमा । आन्दोलनमा हामी एक्लै भयौं । किनभने हामीले समाजलाई सँगै लिएर हिँड्न सकेनौं, हामी त्यही चुक्यौं, विद्यालय शिक्षा अत्यन्त सैद्धान्तिक भयो, त्यसलाई व्यवहारिक बनाउनु प¥यो भनेर हामीले इमान्दार आवाज कहिल्यै उठाएनौं, हाम्रा माग पाठ्यक्रम गरिनुपर्दछ भन्ने कुरासँग सम्बन्धित नै भएन, हामीले परीक्षा प्रणाली पाठ्यक्रम अवैज्ञानिक छ त भन्यौं तर वैज्ञानिक परीक्षा प्रणाली र पाठ्यक्रम कस्तो हुनुपर्ने हो त ? त्यसमा बहस नै चलाउन सकेनौं अभिभावक र विद्यार्थीको आकर्षण निजी विद्यालयमा बढ्दै जाँदा समाजले हाम्रो योग्यतामाथि प्रश्न उठायो । तर हामीले त्यो आकर्षण ‘अंग्रेजी भाषा’ ले पैदा गरेको हो । हाम्रो अयोग्यताले होइन भनेर जवाफ दिन सकेनौं । अभिभावक र विद्यार्थीको चाहनालाई समयमै बुझेर अंग्रेजी भाषाका पाठ्यपुस्तक उपलब्ध गराउ भनेर सरकारलाई चुनौती दिँदै हामीले सडकमा जुलुस निकाल्न सकेनौं न त अंग्रेजी मात्रै सबैथोक होइन है भनेर अभिभावक र विद्यार्थीको चित्त बुझाउनेतिर नै लाग्यौं । अंग्रेजी र कम्प्युटरसँगै अन्य सीपमूलक शिक्षा समयको आवश्यकता हो, यसको तुरुन्त व्यवस्था गर अन्यथा हामी कथा बहिष्कार गर्दछौं भनेर हामीले विद्यार्थीको सुन्दर भविष्यप्रति इमान्दारी प्रकट गर्न सकेनौं । यदि हामीले यसो गर्न सकेको भए विद्यार्थी अभिभावक र सम्पूर्ण समाज हामीसँग हुन्थ्यो । शिक्षकको एक आह्वानमा समाज जुरुक्क उठ्ने थियो । यसो गर्न सकिएको भए आज शिक्षकको मर्यादा खुल्ला सडकमा बेवारिसे हुने थिएन । शैक्षिक आन्दोलनले राजनीतिक पार्टीहरुको कार्यालयमा शरणार्थी झैं ढुक्नुपर्ने थिएन । गल्ती हामीबाटै भएको छ । अब यसलाई सम्हालेर लैजानु आवश्यक छ । हामीले आफ्ना गल्तीबाट पाठ सिक्नु पर्दछ ।
उच्च शैक्षिक मर्यादा स्थापित गराउन र सामुदायिक विद्यालयमा देखिएका चुनौती समाधान गर्नका लागि अब नेपाली शिक्षकहरुले दुई किसिमको आन्दोलनलाई सँगै आन्दोलन, आफैंमा परिवर्तन ल्याएर मात्रै अरुमा परिवर्तन ल्याउन सकिन्छ, आफूलाई नबुझिबन संसार बदल्ने कुराको सुरुवात गर्न सकिँदैन ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

सिकाई सुधारका लागि

विद्यालयमा मायालु, सुरक्षित र रमाइलो वातावरणमा पढ्न र सिक्न पाउनु हरेक विद्यार्थीको अधिकार हो । ...

Translate »