काठमाडौं । चीनले भारतमा भइरहेको गतिविधि जान्न सकिने एउटा यस्तो राडारको आविष्कार गरेको छ । त्यस राडारले हङकङमा बसेर चिनियाँ नौसेनाले पुरै भारतलाई लगातार निगरानी गर्न र दुश्मनको मिसाईललाई लिएर निश्चित समय पहिले नै चिनियाँ नौसेनालाई सचेत गराउन सकिने बताईएको छ ।
उक्त आधुनिक सामुद्रिक राडारलाई चीनको तेस्रो आँखाको संज्ञा दिईएको छ । घरेलु स्तरमा विकसित गरिएको राडार सिस्टमको कारण चीनको नौ सेना देशको सामुद्रिक इलाकामा पूरा किसिमले नजर राख्न र दुश्मनको विमान तथा मिसाईलहरुबाट आउने खतरालाई लिएर पहिले नै फौजलाई अलर्ट गराउन सकिन्छ मिडिया रिपोर्टमा बताइएको छ ।
चिनियाँ एकेडेमी अफ साईन्सेजका शिक्षाविद् लियू योंगतानका अनुसार शिप बेस्ड राडारले चिनियाँ सेनालाई पहिलेको भन्दा धेरै ठूलो क्षेत्रमा निगरानी गर्नको लागि सहयोग गर्दछ । उनका अनुसार पारम्परिक रुपमा प्रयोग गरिएको प्रविधिले कूल समुद्री भागको २० प्रतिशत मात्रै क्षेत्र निगरानी गर्न सकिने र नयाँ प्रणालीले पूरै भारतको जति क्षेत्रफल छ सो क्षेत्रफलमा निगरानी बढाउन सकिने बताए ।
स्रोत ः हाम्रा कुरा डटकमबाट ।
