26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

बुझ्यौ होइन त ?

विद्यार्थी सिकाइ । बुझाईको स्तर आकलन गर्न शिक्षकहरु आम चलनचल्तिको केहि निर्जीव प्रश्नको उपयोग गर्छन, तर यसबाट वास्तविक आँकलन हुँदैन, किनभने कक्षाकोठामा विद्यार्थीले भय र संकोच विना आफ्नो विचार व्यक्त गर्न वातावरण नै हुँदैन ।
ठिक छ नि ? …… बुझ्यौ होइन त ? …. भयो नि, होइन त ? …. अँ अब ठिक छ नि होइन ? … कसैले केही नबुझेको त छैन नि ? …. नबुझेको भए अहिल्यै सोधिहाल, पछि बुझिन नभन्नु नि …. बुझ्यौ नि, होइन त ? …. त्यसो भए अब अगाडि बढ्ने है त…..
यी आम चलनचल्तीका त्यस्ता केहि वाक्य हुन्, जसको प्रयोग शिक्षकहरु सामान्यतयाः कक्षाकोठमा, पढाउने क्रममा गर्छन । यिनको माध्यमबाट उनीहरु आफ्ना विद्यार्थीको शैक्षिक स्तरर बुझाइको आलकन गर्न चाहन्छन । पढाएको कुरा केटाकेटिले बुझ्न जरुरी छ र यस्ता प्रश्न गरेर तिनको शैक्षणिक स्तर मापन गर्न सकिन्छ भन्ने उनीहरुलाई लाग्छ । बुझ्यौ होइन त ? को जवाफमा बुझ्यौ सर । बुझ्यौ मिस को कोरस कक्षा कोठामा गुञ्जिए पछि विद्यार्थीेले बुझछन भनेर शिक्षकहरु ढुक्क हुने गर्छन यस सन्दर्भमा आकलन भनेकै के हो भन्ने बुझनु आवश्यक छ ।
० यो सिक्ने, सिकाउने प्रक्रियाके अंग हो, जो निरन्तर चलिरहन्छ ।
० विद्यार्थीको प्रगति उपलब्धि–स्तरसँगै अवगत भइराख्नु यसको उद्देश्य हो ।
० सिकाइमा आउने अवरोध थाहा पाउनु र तिनलाई हटाउनु पनियसको उद्देश्य हो ।
० यसबाट विद्यार्थीको सिक्ने प्रक्रिया, रुचि र अनुभव बारे थाहा पाइन्छ तिनले पहिले देखिनै के जानेको छन् र के गर्न सक्छन् भन्ने जान्न मदत पुग्छ ।
० यसबाट सिकाइको गुणस्तर सुनिश्चित गर्न सकिन्छ ।
० यसलाई झर्को लाग्दो र निर्जिव गतिविधि बन्न हुँदैन, जीवन्त बनाउनु पर्दछ, केटाकेटिको रुचि र प्रकृति अनुकुल अर्थपर्ण बनाउनु पर्दछ यसरी हेर्दा स्पस्ट हुन्छ आकलन मूल्यांकनको प्रारम्भिक चरण पनि हो र समग्र मूल्यांकनको अभिन्न अंग पनि हो ।
चालचल्तिका यस्ता वाक्यबाट गरीने आकलन यी मापदण्ड कसीमा खरो सावित हुन्छ त ? यस्ता दुइ–चार निर्जीव प्रश्न उफारेर हामी केटाकेटीलाई बुझाई । सिकाइको सहि आकलन गर्न सक्छौ त ? गम्भीर संवेदनशिल भएर सोच्ने हो भने यस्ता प्रश्नको उत्तर नकारात्मक नै हुन्छ ।
अवश्य पनि, कक्षामा एक–दुई मुर्ख विद्यार्थी छन भने उनीहरु यस प्रक्रियामा सहभागी बन्न सक्छन तर सिमित भूमिकामा मात्र हो वा होइन को स्थितिबाट एक कदम अघि बढेर यस्ता केटा केटिले फलानो कुरा बुझियो वा फलाने कुरा बुझिएन भने प्रक्रियामा सहभागिता दर्शाउन सक्छन तर कतिन्जेल ? एक दुई वटा प्रश्न उत्तर पछि उनीहरु पनि यस प्रक्रियाबाट पृथक हुन पुग्छन, अरुको भूमिका त निष्क्रिय तबरमा बुझ्यौ भन्नु मै सिमित हुन्छ । कक्षामा कुनै मुर्ख विद्यार्थी छैन आकलनको समग्र प्रक्रिया केही सेकेन्ड भित्रै टुंग्यइन्छ– बुझ्यौ होइन त ? भनेर
यहाँ निर प्रश्न उठ्छ, केटाकेटिहरु शिक्षकको आदेश वाक्य बुझ्यौ होइन त ? “सँगै विमर्श गर्न किन असमर्थ हन्छन ? किन बुझ्यौ सर मिर ।” को दुई शब्दिय निस्क्रिय जवाफ दिएर यस प्रक्रिया बाट कोठाका अनुभव र शिक्षा–मनोविज्ञानका सैदान्तिक तथा व्यवहारिक पक्षयलाई बुझनुपर्ने हुन्छ । यहाँ हामी कतिपय अनुभवको आलोकमा यी प्रश्नको जवाफ खोज्ने प्रयास गर्ने छौ ।
१) यदि शिक्षकको “बुझ्यौ होइन त ?” प्रश्नको उत्तर कुनै केटाकेटीले बुभेनै भनेर उत्तर दियो भने ऊ पुरै कक्षामा उपहासको पात्र बन्न पुग्छ । शिक्षक पनि जानेर वा नजानेर यो उपहास–उत्सवमा सामेल हुन पुग्छ ः यति पनि आएन ? यो कुरा मैले कति चोटि बुझाइसके “कहाँ थियो तिम्रो दिमाग ?” दिमागमा गोबर भरिएको छ कि क्या हो ? सबै शिक्षकले विद्यार्थीलाई यसरी नउडाउलान नरम स्वरमा आहो तिमीले बुझेनौ हगि ? भनन तर कृत्रिम सहानुभूतिका यस्ता वाक्यले पनि उसलाई उत्तिकै लज्जित महसुस गराउँछन । यस्तो फजिति हुन्छ भन्ने देखि–भोगी राम्ररी थाहा पाएका केटाकेटिहरु पुरै कक्षासामु आफ्नो बेइज्जती हुने डरले शिक्षकको प्रनमा बुझ्यौ कै जवाफ दिन्छन चाहे विषयवस्तु बुझिएको होस वा नहोस ।
२) प्राय शिक्षकहरु आफ्नै वखान गरिरहेको हुन्छन, म यस्तो, म उस्तो, म यति जान्ने आदि भनेर, विस्तारै–विस्तारै विद्यार्थीलाई पनि हाम्रा शिक्षक साँच्चै सर्वज्ञात हुन भन्ने लाग्न थाल्छ, शिक्षक आफ्नो सर्वज्ञाता छविलाई कायम राख्न चाहन्छ र यहि चक्करमा कैयौ पटक केटाकेटी सामु उल्टो सुल्टो जानकारी पनि प्रसस्त गरिदिन्छ । यस्ता शिक्षकको आभा मण्डलबाट प्रभावित केटाकेटीका लागी बुझ्यौ होइन त प्रश्नको उत्तर सदैव बुझ्यौ सरर मिस नै हुन्छ । यो अवश्थन पनि केटाकेटीको मुर्खता वाधक बन्छ ।
३) केटाकेटीहरु सामान्यतया अघि सर्न हिच्किचाउँ छन् । अरु बोलेको छैनन् म किन बोलँु ? बुझ्न त रश्मिले पनि बुझेकी छैन, उसले केहि भनेकी छैन भने म किन बोलु ? यस्तै तर्कना गरेर केटाकेटिहरु बुझिन भने हिम्मत जुटाउन सक्दैनन् । अनी उनीहरु को बुभलयौ सर–मिस को कोरस सुनेर शिक्षकहरु अर्को पाठतिर बढ्छन् ।
४) कक्षाको वातावरण सामाजिक एवम भावनात्मक हुनुपर्छ । यस्तो वातावरण मा केटाकेटीले बढि सिक्छन र उनीहरुमा कुरा बुझने क्षमता बढ्छ । यस्तो वातावरणमा नै सिकाई प्रकृया सुगमता पूर्वक सम्पादित गर्न सकिन्छ ।
५) माथिका बुदामा हामीले आकलन प्रक्रिया दोषपूर्ण हुनुका केहि यस्तो कारणहरुको चर्चा गर्यौ जो शिक्षकको सोचाइसँग अथवा केटाकेटीको मनेविज्ञानसँग जोडिएको थिए । यस बाहेक कतिपय व्यवहारिक कुरा पनि छन जसका कारण यो प्रक्रिया प्राय दोष पूर्ण बन्न पुग्छ ।
उदाहरणको लागि १०० जाना केटाकेटी भएको कक्षामा शिक्षकले हरेक बच्चाको आकलन गर्न सक्दैन । प्रतिभाशाली विद्यार्थीले त उसले पढाएको कुरा त्यसै बुझ्छन र आवश्यक पर्याे भने स्वयम सोध्छन पनि कति पय विद्यार्थी यस्ता पनि हुन्छन जसलाई शिक्षकले कमजोर मान्छन र तिनलाई एकाध प्रश्न गरेर आफ्नो शिक्षकको प्रभावकारीता आँक्छन, तर यी दुवैखाले केटाकेटीका बिचमा थुप्रै यस्ता बच्चा हुन्छन जो नज्यादे मुर्ख र होसियार न त शिक्षकका दृष्टिमा कमजोर नै, यस्ता केटाकेटीको आकलन हुन पाउदैन तिनका समस्या जहाँको तहीँ रहिरहन्छन ।
एउटा दर्रामा नबा“धिने
आँकलनको प्रक्रिया उच्चारलाग्दो रनिरास नबनोस भनेर शिक्षक सदेब सचेत रहनुपर्दछ । शिक्षण शिकाइको एकोहोरो दर्रा तोड्न उसले विचविचमा पूर्वनिधारीत मार्गबाट हटेर केही फरक काम गररिहनु पर्दछ । जस्तै विषयवस्तुसँग सम्बन्धि कुनै किताब, सुत्र, काहनी, कथा, बनाउनु र बताउन लगाउनु, विभिन्न खेल खेलाउनु आदि । यस्ता सृजनात्मक क्यिाकलापको माध्यमबाट केटाकेटीको स्तरको आकलन पनि गर्न सकिन्छ । अनी उनीहरुलाई आनन्ददायी एवम अर्थपूर्ण वातावरण पनि प्रदान गर्न सकिन्छ । उसका निम्ति कक्षामा अन्तरक्र्रिया दुई तर्फी हुन जरुरी छ । यसमा केटाकेटीको सहभागीता बढिभन्दा बढी हुनुपर्दछ । यस्तो क्यिाशिल वातावरणमा शिक्षकको आफ्नो शिक्षण र यसको प्रभाबको आकलन सजिलैसंग गर्न सक्छ ।
कक्षामा विद्यार्थीले प्रश्न गर्ने र उत्तर दिने वातावरण निर्माण गर्नुपर्छ । हरेक हप्ता एउटा दिन निर्धारीत गरी प्रश्नउत्सवको कार्यक्रम राख्न सकिन्छ । यस्तो कार्यक्रम विषय पिच्छे पनी राख्न सकिन्छ र सबै विषयमा एकसाथ पनि राख्न सकिन्छ । यसबाट केटाकेटीहरुमा प्रश्न गर्ने स्वभावको विकास हुनेछ र शिक्षकहरुले पनि यसमार्फत केटाकेटीको उत्तर आँकलन गर्न सकिन्छ ।
– सुमन तिमल्सिना

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Students return to school in Beijing

Kathmandu : Children in Beijing, who have been taking winter break and online classes for ...

Translate »
%d bloggers like this: