23 Sep 2023, 5:37 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

डा.अञ्जनालाई सुनचाँदी व्यवसायको सम्मान

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र काठमाडौं सुनचाँदी व्यवसायी संघको सयुंक्त आयोजनामा डा.अञ्जान शाक्यलाई सम्मान गरिएको छ ।
इजरायलका लागि नवनियुक्त नेपाली राजदुत शाक्यलाई सुनचाँदी व्यवसाय क्षेत्रको पेशागत हकहितको आवाजलाई उठाउने विश्वासका साथ दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । शाक्यले बोल्दै इजरायलको विकास, प्रविधि र सिपलाई भित्र्याउन आफुले सक्दो पहल गर्ने बताए । सुनचाँदी पेशाको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै व्यवसायिक क्षेत्रको विकास र सुनचाँदी व्यापारलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार र प्रवद्र्धन गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार, महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य, महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, विशिष्ट सदस्य तेजरत्न शाक्य, उपाध्यक्ष दियेसरत्न शाक्य, महासचिव धर्मशुन्दर वज्राचार्य, कोषाध्यक्ष एवं काठमाडौं संघ अध्यक्ष महेन्द्रंरत्न शाक्य, सचिव किरणभाई वज्राचार्य लगायतले सुनचाँदी व्यवसाय संघ सम्बन्धी आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
आभुषण बजारबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: