काठमाडौँ । नेपालीले अनेक छिद्र पहिल्याएर विदेशमा सम्पत्ति लुकाएका तथ्यहरु आइरहँदा नाकाबन्दीको खतरा बढेको छ ।
अवैध सम्पत्तिसम्बन्धी मामिला हेर्ने फाइनान्सियल एक्ट टास्कफोर्स नामक संस्थाले अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टको एसिया प्यासिफिक हेरेर त्यसमा हरेक राष्ट्रले प्रगति विवरण पेश गर्नुपर्ने हुन्छ ।सम्बन्धित राष्ट्रले आर्थिक नियमन, कारोबार र अनुशासन कत्तिको पालना गरेको छ भन्ने कुराको अध्ययन गर्छ ।
कुन राष्ट्रले सन्तोषजनक प्रगति गर्यो, कसले लापरवाही वा दण्डहीनता बढायो लगायतका विषयको अध्ययनमार्फत् नम्बरिङ गरिन्छ । यस प्रकरणमा केही व्यक्तिलाई जेल हाल्न, बैंक खाता रोक्न, देश छाड्न नपाइने गरी स्थानहद तोक्न सकियो भने नेपालले राम्रो गरेको रिपोर्ट हुनेछ र नम्बर पनि बढ्नेछ ।
ताजाखबरबाट ।