काठमाडौं । गोंगबुस्थित वाईसीएल काभ्रेका नेता अभिलाश तामाङलाई होटलमा हतियार कारोबार गरेको भन्दै गोली हानेर प्रहरीले पक्राउ गरेको छ ।
तामाङ वाईसीएल काभ्रेका इन्चार्ज हुन् । गोंगबुस्थित होटल नक प्रा.लि.को १०४ नम्बर कोठाभित्र हतियार लिएर बसेको सूचना अनुसार तामाङलाई महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको टोलीले गोली प्रहार गरेको जनाइएको छ । घटनास्थलबाट हतियार बरामद भएको प्रहरीले जनाउँदै नियन्त्रणमा लिने क्रममा पेस्तोल देखाएपछि गोली हानिएको र तामाङले पनि हतियार पहिल्यैदेखि आफूले राखेको स्वीकारेको बताए ।
गोली हानेको साँझ काभ्रेका सांसददेखि पूर्वमन्त्रीसम्मले चासो देखाएपछि तामाङ वाईसीएल जिल्ला कमिटी, काभ्रेको इञ्चार्ज भएको खुलासा भएको प्रहरीले बताए ।
