सुर्खेतमा कार्यरत एक असईलाई चार लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पक्राउ गरेका छन् ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले असई जन्मदेव जैसी अधिकारीलाई नेपालगन्जबाट पक्राउ गरेको हो । अधिकारीले इन्जिनियरसँग घुस लिन खोजेपछि अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खटिएको अख्तियारको विशेष टोलीले अधिकारीलाई चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । स्रोतः अन्नपूर्णपोष्ट ।
