26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा बढी खर्च

प्रदेश नम्बर पाँचको पहाडी जिल्ला अर्घाखाँचीमा भित्रने रेमिटान्सको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।
विदेशबाट आउने पैसा जिल्लाहरुमध्ये अर्घाखाँची अग्रपंक्तिमा आउन्छ । तर उक्त पैसा उत्पादनशील क्षेत्रमा कम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । अर्घाखाँचीमा रहेका केही सहकारी संस्थाले गरेको अनौपचारिक सर्वेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखाएको छ ।
अर्घाखाँचीबाट मात्रै झण्डै ४५ हजार युवा युवती रोजगारीका लागि नेपाल बाहिर रहेका छन् भने १५ वटा बैंकले शाखा सहित २० ठाउँबाट आफ्नो सेवा दिईरहेका छन् । जसमध्ये १८ स्थानबाट रेमिटान्सको कारोवार हुने गर्छ । त्यस्तै विभिन्न ९ वटा सहकारी र ४ वटा रेमिट प्रालीले पनि अर्घाखाँचीमा रेमिटान्सको कारोबार गरिरहेका छन् । रेमिट्यान्सको कारोबार गर्ने संस्थाहरुको तथ्यांक अनुसार अर्घाखाँचीमा मात्रै वार्षिक रुपमा झण्डै साढे सात अर्ब रुपैयाँ भित्रिने गरेको छ । जस मध्ये तीन अर्ब अर्थात ४० प्रतिशत रकम दैनिक उपभोग्य सामाग्री, खानपान, मोटर साइकल, गाडी, फेसन अनुसारको लगाउने कपडा, मोबाइल, सञ्चार तथा टेलिफोन जस्ता विलासिताका सामान खरिदमा खर्च भइरहेको देखाइएको छ ।
४० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ उत्पादन नहुने क्षेत्र घर घडेरी किनबेचमा खर्च भइरहेको देखिएको अर्घाखाँचीका सहकारी संस्थाले जनाएको छ । तथ्यांक अनुसार विलासिताका वस्तु खरिद गरेर बचेको बाँकी २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च हुने गरेको छ । विदेशमा एक जनाले दुःख गरेर पैसो कमाउने र त्यही पैसोले घर परिवार पालिनु पर्ने भएकाले रेमिट्यान्स बापत भित्रिएको पैसा उत्पादनशील क्षेत्रमा लगाउन सकेको छैन ।
स्रोतः उज्यालोबाट ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: