ल्होसारको पर्वका लागि कर्मचारी घर गएका कारण चिनिया भन्सार कार्यालयले गाडीमा शिल नलगाउने भएको छ ।
मंगलबार शिल लगाइएको एक सय वटा गाडी बुधबार नेपाल आउनेछन् । स्याउ तथा रेडिमेड सामग्रीको गाडीमा बुधबारदेखि शिल नलगाइने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार बुधबारदेखि २२ दिन कारोबार नहुने बताए । कारोबार नभएपछि नेपाली व्यापारी तथा व्यवसायी नेपाल आउन थालेको बताए ।
