28 Oct 2020, 1:21 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

प्रधानमन्त्री रोजगार संयोजकका लागि आवेदन भर्नेको संख्या चौबिस हजार

काठमाण्डौ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकका लागि आवेदन भर्नेको संख्या २४ हजार रहेका छन् ।
आवेदन भर्न प्रदेश १ बाट ३ हजार ६ सय ६५, प्रदेश २ बाट ३ हजार ६ सय ७१, प्रदेश ३ बाट ४ हजार ९ सय ९४, गण्डकी प्रदेशबाट १ हजार ९ सय ५५, प्रदेश ५ बाट २ हजार ३ सय १, कर्णाली प्रदेशबाट ३ हजार ३ सय ७८ र सुदूरपश्चिम प्रदेशबाट ४ हजार ४ जनाको आवेदन परेको छ ।
प्राप्त कूल आवेदनमध्ये ५ हजार ८ सय ५ जना आवेदकहरुले आफ्नो ईमेलमा गई आवेदन भेरिफाई नगरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भेरिफाई नभएका आवेदकहरुको सूची वेभसाइटमा समेत प्रकाशित गरिएको मन्त्रालयले जनाउँदै सम्बन्धित आवेदकको मोबाइल नम्बर तथा ईमेल ठेगानामा समेत सोको जानकारी पठाइ सकिएको जनाएको छ ।
तोकिएका मापदण्डहरुका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पदसंख्याको तीनगुणा बराबर आवेदकहरुको योग्यता क्रमको प्रारम्भिक सूची प्रकाशित भएको मितिले १० दिनभित्र तयार गरी कम्प्युटर सीप परीक्षाका लागि मिति, समय र स्थान तोकी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट धधध.ऊभउ.नयख.लउ मा सूचना सार्वजनिक गरिनेछ ।
१० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह) को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी सृजना गरिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive arrested on two counts of banking malpractice

Kathmandu : District Police Office, Jhapa has arrested a fugitive accused in a banking case. ...

Translate »
%d bloggers like this: