23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

माइती नेपालद्वारा ३१ नेपाली महिलाको उद्धार

काठमाडौं । संस्था माइती नेपालले मनिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा भारतको मनिपुरबाट ३१ जना नेपाली महिलालाई उद्धार गरेको छ ।
इम्फालबाट म्यान्मार हुँदै गैरकानूनी रुपमा इराक र दुवई पु¥याउने भन्दै दलालहरुले योजना गरिरहँदा माइती नेपालको टोलीले उद्धार गरेको हो । माइती नेपालका अनुसार तीन दिन अघिबाट भारतबाट ३७ जना महिलाको सकुशल उद्धार गरिसकेको र दिल्ली महिला आयोग र रेस्क्यु फाउन्डेशनको सहयोगमा ६ जना महिलाको राजिव नगरबाट उद्धार गरिएको जनाएको छ ।

प्रहरीका अनुसार भारतको मनिपुरस्थित इम्फालबाट म्यानमार हुँदै नयाँ रुटबाट इराक र दुवईमा मानव तस्करी गर्ने गरेको बताएको छ । माइती नेपाललाई पहिचान नखुलेको इमेल मार्फत प्राप्त सूचनाको आधारमा गरिएको अनुसन्धान र थालिएको उद्धार कार्यले अन्ततः मानव तस्करीको गोप्य रुटको पर्दाफास गरेको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: