काठमाडौं । विगतका वर्षहरुमा झैं यस वर्ष पनि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘क्यान इन्फोटेक २०१९’ को आयोजना गरेको छ । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको मेलामा विद्यार्थी, युवा, स्वदेशी तथा विदेशीहरुको भीड लागेको छ ।
यस वर्ष फरक ढंगले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले मेला आयोजना गरेको क्यानका अध्यक्षले जानकारी दिएको छ । सुबिसु र इ–सेवाको प्रायोजनमा आयोजना गरिएको यस वर्षको मेलामा सहभागीमध्येका विजेताले इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक घुम्न जाने अवसर पाउन सक्ने अध्यक्षले जानकारी दिए ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका एक सय ७५ वटा स्टल रहेका छन् । मेला २० गतेसम्म चल्ने छ भने मेला अवलोकनका लागि प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
