काठमाडौं । गुगलको कि–बोर्डमा थप ५० भाषा समावेश गरेको छ । जी–बोर्डले थप ५० भाषा आफ्नो प्लेटर्फममा समावेश गरेसँगै अब जीबोर्डमा भाषाको संख्या ५०० पुगेको छ ।
जी–बोर्डले नेपाल, अरेबिक, टर्की, चीन, भारत, सिंगापुर, इन्डोनेसिया लगायतका मुलुकका विभिन्न समुदायले बोल्ने भाषा थपेको छ । नेपालभित्र बोलिने केही भाषा डोटेली, पूर्वी तामाङ र लिम्बु पनि जी–बोर्डले सपोर्ट गर्ने भएको हो । गुगलका अनुसार यी भाषामा तत्कालै टाइप गर्न सकिने सेवा सुरु भइसकेको छ । यसका लागि स्मार्ट फोनको गुगल प्ले स्टोरमा गएर जी–बोर्ड एप अपडेट गरेपछि यो सुविधा लिन सकिने छ । एन्ड्रोइड स्मार्ट फोनमा मात्र उपलब्ध भए पनि आईओएसमा पनि छिट्टै उपलब्ध हुने बताइएको छ ।
