काठमाडौँ । आफु पनि बाँच र अरुलाई पनि बचाउँ भन्ने मूल नाराका साथ देश विदेशमा छरीएर रहेका युवाहरुले समाज सेवा गर्ने उद्देश्यले स्थापना भएको हातेमालो समाज नेपालले मुटु रोगी सुर्यकुमारी सिलवाल बचाउ अभियानलाई अगाडि बढाएको छ ।
हातेमालो समाजले सहयोग रकम ३१ हजार ८ सय ३२ संकलन गरी मुटुरोगी सिलवाललाई लोक गायिका गितादेवीको हातबाट उक्त रकम हस्तान्तरण गरेको छ । ललितपुर घर भई हाल जावलाखेलमा बस्दै आईरहेकी सुर्य कुमारीको मुटुको उपचारको लागि १३ लाख रुपैया रकम लाग्ने बताईएको छ । हाल सम्म जम्मा ८० हजार जम्मा भएको मुटु रोगी सुर्य कुमारी सिलवाल बचाउ अभियानका अभियानकर्ता गायिका गितादेवीले बताईन ।